हाम्रोबारे

नमोबुद्ध क्षेत्र विकास समिति

बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा माघ १५, २०८२ मा जारी गठन आदेश अनुसार स्थापित।

हामी को हौं

नमोबुद्ध क्षेत्र विकास समिति बागमती प्रदेश सरकारद्वारा प्रदेश पर्यटन ऐन, २०७८ को दफा ४४ अन्तर्गत गठन गरिएको एक सरकारी समिति हो। यो समिति नमोबुद्ध नगरपालिका वडा नं. १ अन्तर्गत पूर्वमा चापाभञ्ज्याङ, पश्चिममा सिङ्गभैरब, उत्तरमा तैचेखोला र दक्षिणमा किसान पोखरी सीमाना गरी जम्मा १,००० रोपनी क्षेत्रफलमा फैलिएको नमोबुद्ध क्षेत्रको विकास तथा व्यवस्थापनका लागि स्थापित छ।

समितिको मुख्य कार्यालय नमोबुद्ध न.पा. वडा नं. १, नमोबुद्धमा रहन्छ। मन्त्रालयका मन्त्री समितिका संरक्षक हुनुहुन्छ र समितिले प्रदेश सरकारसँग सम्पर्क राख्दा मन्त्रालय मार्फत राख्नुपर्दछ।

🙏

सत्य तथ्य इतिहास

नमोबुद्ध नाम रहनुको महत्त्व

जीवन दान गर्नुभएको पुण्यको फलले ई.पू. ५६३ बैशाख पूर्णिमा दिन सिद्धार्थ गौतमको जन्म हुनुभयो। जन्म भएको सातौँ दिनमा माता माया देवीको देहावसान हुनु भयो र सिद्धार्थ गौतमको पालनपोषण उनकी ठुली आमा महाप्रजापतिले गरेकी थिइन।

तिलौराकोट राजदरबारबाट २९ वर्षको उमेरमा ईसापूर्व ५३४ मा पूर्वद्वार गेटबाट रातको १२ बजे शान्ति र ज्ञानको खोजीमा गृह त्याग गर्नुभई अनोमा नदी तरेर सुनसान जङ्गलतिर प्रस्थान गर्नुभयो। निरञ्जना नामक नदीको किनारमा ६ वर्ष महाकष्टकर ध्यानपछि सुजाताले चढाएको खीर दान सेवन पश्चात् चार आर्यसत्य र आर्य आष्टाङ्गिक मार्गको सम्बोधि ज्ञान प्राप्त भई सिद्धार्थ गौतम बुद्ध हुनुभयो।

वहाँ ४५ वर्ष यो धर्तीमा धर्मदेशना गर्ने क्रममा आफ्नो पूर्व जन्ममा आफूले जीवन दान गर्नुभएको स्थान — अस्तुधातु भएको स्थानमा — स्वयं सम्यक सम्बुद्ध भगवान नमोबुद्धमा आउनुभयो र आफ्नो अस्तुधातुलाई दुई हात जोडेर नमस्कार गर्नुहुँदै उच्चारण गर्नुभयो —

"म बुद्धको नमस्कार छ। नमो बुद्धाय।"

स्वयं बुद्ध भगवान्को मुखारविन्दुबाट बोल्नुभएको यो महापवित्र वचनले यस स्थलको नाम नमोबुद्ध रहेको हो — स्वर्गको फूल।

पौराणिक पात्रहरूको वास्तविक परिचय

🕉️

जेठो राजकुमार

डाछेन्पो

महादेव / मैत्रीय बुद्ध

माइलो राजकुमार

ल्हाछेन्पो

बोधिसत्व मञ्जुश्री ज्यामवेयाङ

कान्छो राजकुमार — जीवन दानकर्ता

ङिञ्जेछेन्पो

बुद्ध भगवान

बुद्धकी ठुली आमा

सुत्केरी बघिनी

महाप्रजापति

🪘

काैडन्न, वप्प, भद्दिय, महानाम र अस्साजी

पाँच डमरुहरू

पञ्चवर्गीय भिक्षुहरू

👑

सिङ्दाङ ग्यालबो र रानी — लुम्बिनीमा पुनर्जन्म

पनौतीका राजा-रानी

शुद्धोदन र माया देवी

नमोबुद्ध नाम रहनुको सत्य तथ्य इतिहास

धार्मिक तथा ऐतिहासिक महत्त्व

नमोबुद्धको पौराणिक कथा

भगवान गौतम बुद्धले ५०० जन्म पशु प्राणी र ५०० जन्म मानव प्राणीको रूपमा गरी हजार जन्म लिनुभएकोमा, ९९९औँ जन्ममा पनौती स्थित राजदरबारमा सिङ्दाङ ग्यालबो धर्म राजाको कान्छो छोरा भई जन्म लिनुभएको थियो।

धर्मग्रन्थमा उल्लेख छ कि धर्म राजाका तीन भाइ छोरा थिए — जेठो डाछेन्पो, माइलो लाछेन्पो र कान्छो ङिञ्जेछेन्पो। उहाँहरू तीनै भाइ नमोबुद्ध वनमा अवलोकन भ्रमणमा आउनुहुँदा घना जङ्गलमा पाँचवटा डमरुहरू रहेको एउटी सुत्केरी बघिनी खाना खान नपाएर मृत्युको क्षणमा पुगेको अवस्था देख्नुभयो।

आमा बघिनी र पाँचवटा डमरु गरी ६ जनाको प्राण जाने निश्चित भएको देखेपछि कान्छो राजकुमार महासत्व ङिञ्जेछेन्पोले जसरी पनि आमालाई बचाउनुपर्छ भनी दुई दाजुहरूको आँखा छली आफ्नो औँलाको रगत लगायत तिघ्राको मासुदेखि शरीर नै दान गर्नुभयो।

पनौती राजदरबारमा आमाले सपनामा काउसीमा भएका तीनवटा परेवामध्ये एउटा परेवा बाजले लगेको र आफ्नो दाहिने पट्टिको दूध बाघले खाएको देख्नुभयो। बिउँझिँदा डरले विलाप गर्दै राजालाई सुनाएपश्चात् केही छिनमा राजकुमार ङिञ्जेछेन्पो जीवित नरहेको खबर आयो।

आफ्नो शरीर मृत्युको नजिक पुगेका ६ प्राणीको ज्यान बचाउन दान गरेको महान् पुण्यफलले नै राजकुमार ङिञ्जेछेन्पो लुम्बिनीका राजा शुद्धोधनकी रानी माया देवीका पुत्र सिद्धार्थ गौतम भई जन्म लिनुभएको धर्मग्रन्थमा उल्लेख छ।

यही पवित्र घटनास्थल नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास भइरहेको छ।

गतिविधि

नमोबुद्ध क्षेत्र विकास समिति गतिविधि

समितिद्वारा सञ्चालित कार्यक्रम, विकास कार्य र सांस्कृतिक गतिविधिहरूको झलक।

📸 फोटो ग्यालरी

Activity photo 1
1 / 11

🎬 भिडियो

गतिविधि भिडियो 1
गतिविधि भिडियो 2

कानुनी आधार

२०७८

प्रदेश पर्यटन ऐन, २०७८ पारित — दफा ४४ अन्तर्गत क्षेत्र विकास समिति गठनको अधिकार प्रदान।

२०८२

बागमती प्रदेश सरकारले माघ १५, २०८२ मा प्रदेश राजपत्रमा नमोबुद्ध क्षेत्र विकास समिति (गठन) आदेश, २०८२ जारी।

गठन

समितिमा १० सदस्य र १ सदस्य-सचिव (कार्यकारी निदेशक) रहने व्यवस्था। अध्यक्ष र मनोनीत सदस्यको पदावधि २ वर्ष।

कोष

समितिको छुट्टै कोष रहनेछ। पर्यटकीय शुल्क तथा दान/चन्दाबाट प्राप्त रकमको ६०% समितिको कोषमा, ४०% मध्ये ६०% प्रदेश र ४०% स्थानीय तहमा।

लेखा

वार्षिक आयव्ययको लेखा प्रदेश सरकारको लेखा प्रणाली अनुरूप राख्नुपर्ने र नेपाल सरकार वा प्रदेश सरकारबाट मान्यता प्राप्त संस्थाद्वारा लेखापरीक्षण गराउनुपर्ने।

प्रतिवेदन

प्रत्येक आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र सम्पादित कामको वार्षिक प्रतिवेदन मन्त्रालयमा पेस गर्नुपर्ने।

उद्देश्य तथा कार्यक्षेत्र

धार्मिक सांस्कृतिक विकास सम्बन्धी योजना तथा कार्यक्रम तयार, स्वीकृत र कार्यान्वयन गर्ने

पुरातात्विक तथा ऐतिहासिक महत्त्वका स्थान र वस्तुहरूको खोजी, अन्वेषण र अभिलेखीकरण गर्ने

नमोबुद्ध क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने

प्राकृतिक सम्पदाको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्ने

गुम्बा, विहार, चैत्य, छ्योतेन, मन्दिर र मणिहरूको संरक्षण र सम्बर्द्धन गर्ने

बौद्ध शिक्षा, सम्बोटा लिपि विकास र धर्म देशना कार्यक्रम सञ्चालन गर्ने

कार्तिक पूर्णिमाको मेला लगायत परम्परागत मेलाहरू संस्थागत गर्ने

विदेशी सरकार, अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय र साझेदारी गर्ने

दफा ३(२) अनुसार

समितिका सदस्यहरू

👑

अध्यक्ष

प्रदेश सरकारले तोकेको व्यक्ति — धर्म, संस्कृति र दर्शनको क्षेत्रमा कम्तीमा ५ वर्षको कार्यानुभव आवश्यक।

🏔️

सदस्य — पर्यटन कार्यालय

कार्यालय प्रमुख, पर्यटन कार्यालय काठमाडौं, बागमती प्रदेश।

🏛️

सदस्य — जिल्ला समन्वय समिति

प्रतिनिधि, जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोक।

📋

सदस्य — जिल्ला प्रशासन कार्यालय

प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक।

🏺

सदस्य — गुठी संस्थान

प्रतिनिधि, गुठी संस्थान कार्यालय, काभ्रेपलाञ्चोक।

🗳️

सदस्य — वडा अध्यक्ष, वडा नं. १

नमोबुद्ध नगरपालिका वडा नं. १ बाट निर्वाचित वडा अध्यक्ष।

🗳️

सदस्य — वडा अध्यक्ष, वडा नं. ११

नमोबुद्ध नगरपालिका वडा नं. ११ बाट निर्वाचित वडा अध्यक्ष।

🙏

सदस्य — मनोनीत

स्थानीय बुद्धिजीवी, समाजसेवी, धार्मिक तथा सांस्कृतिक क्षेत्रका अनुभवी व्यक्ति — मन्त्रालयद्वारा मनोनीत।

📊

सदस्य — प्रदेश लेखा इकाई

प्रदेश लेखा इकाई कार्यालय काठमाडौंको अधिकृत प्रतिनिधि।

✍️

सदस्य-सचिव

कार्यकारी निदेशक — समितिको प्रशासकीय प्रमुख र सदस्य-सचिव।

दफा १९ अनुसार

सल्लाहकारहरू

प्रतिनिधि सभा सदस्य

सम्बन्धित निर्वाचन क्षेत्र, काभ्रेपलाञ्चोक

प्रदेश सभा सदस्य

सम्बन्धित निर्वाचन क्षेत्र, काभ्रेपलाञ्चोक

नमोबुद्ध नगर प्रमुख

नमोबुद्ध नगरपालिका

पनौती नगर प्रमुख

पनौती नगरपालिका

धुलिखेल नगर प्रमुख

धुलिखेल नगरपालिका

ठाङ्गुटाशी छ्योईतलिङ गुम्बा प्रमुख

नमोबुद्ध

प्रदेश सचिव

मन्त्रालय

तथ्याङ्क

समितिको परिचय संख्यामा

🗺️

१,०००

रोपनी क्षेत्रफल

👥

१०

समितिका सदस्यहरू

📅

वर्ष पदावधि

🙏

सल्लाहकारहरू