आधिकारिक कागजात
सूचना तथा फारमहरू
नमोबुद्ध क्षेत्र विकास समितिका आधिकारिक सूचना, दरखास्त फारम र प्रकाशनहरू यहाँबाट हेर्न र डाउनलोड गर्न सकिन्छ।
अन्तिम नतिजा प्रकाशन सम्बन्धमा सूचना
Final Results Publication Notice – Executive Director Post
नमोबुद्ध क्षेत्र विकास समितिले कार्यकारी निर्देशक पदको खुला प्रतियोगिताको अन्तिम नतिजा प्रकाशन गरेको छ, जसअनुसार सफल उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र नियुक्तिका लागि सम्पर्क गर्नुपर्नेछ।
छनौट आवेदकहरू अन्तर्वार्ताको लागि उपस्थित हुने सम्बन्धमा ।
Regarding the selected applicants appearing for the interview
छनौट भएका आवेदकहरूले यही असार १८ गते नमोबुद्ध-१ वडा कार्यालयमा १ बजे अन्तर्वार्ताको लागि उपस्थित हुन अनुरोध छ।
कार्यकारी निर्देशकका लागि छनौट भएकाहरुले कार्य योजना प्रस्तुतीकरणका लागि सूचना प्रकाशन
Publication of notice of work plan presentation by selected candidate for Executive Director
यहिँ असार १२ गतेको ठिक बिहान १० बजे नमोबुद्ध नगरपालिका-१ वडा कार्यलयमा छनौट भएका व्यक्तिहरुले आफ्नो कार्य योजना प्रस्तुतीकरण गर्नका लागि उपस्थित हुनाका लागि अनुरोध छ ।
कार्यकारी निर्देशक पदपूर्ति सम्बन्धी सूचना
Vacancy Notice for Executive Director
नमोबुद्ध क्षेत्र विकास समितिले खुला प्रतियोगिताद्वारा कार्यकारी निर्देशक (अधिकृत सातौं तह) पदका लागि दरखास्त आह्वान गरेको छ। स्नातक तह उत्तीर्ण तथा धर्म, संस्कृति वा प्रशासन क्षेत्रमा अनुभव भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवेदन अवधि: सूचना प्रकाशित मितिले १५ दिनभित्र। सम्पर्क: ९८५१०७२५८२, ९७६२३४३०६३ | Email: namobuddha2082@gmail.com
कार्यकारी निदेशकको लागि दरखास्त फाराम
Application Form for Executive Director
बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत नमोबुद्ध क्षेत्र विकास समितिको कार्यकारी निदेशक पदको लागि आधिकारिक दरखास्त फाराम। साथै प्रवेश-पत्र पनि समावेश छ।